विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुम्बइ माथि चेन्नाइको सहज जित

520
shares

काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले पराजित गरेको छ ।

आईपीएल इतिहासकै दुई सर्वाधिक सफल टोली बीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए । मुम्बइको घरेलु मैदान वाङखडे स्टेडियममा चेन्नाइले १५८ रनको लक्ष्य १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

चेन्नाइका लागि रहानेले २७ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ६१ रन बनाए । पहिलो ओभरमै डेभोन कनवे आउट भएपछि क्रिसिजमा पुगेका रहानले दोस्रो विकेटका लागि रुतुराज गाएकवार्ड सँग ८२ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए । गाएकवाडले ३६ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ४० रन बनाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports