विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाटन क्याम्पसको स्ववियुको सभापतिमा नेबिसंघका बागी उम्मेदवार विजयी

624
shares

काठमाडौं । ललितपुर स्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन् । गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मतमात्रै ल्याए । उनीहरूबीच १६९ मतान्तर रहेको छ ।

नेविसंघका इकाइ उपाध्यक्ष समेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए । पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।

विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports