विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका र जिम्बाब्वे पठाउने तयारी

585
shares

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको छ। सन्दीपका कानुन व्यवसायीहरुले अदालतमा अन्तर्राष्ट्रिय खेलअवधिभरका लागि सुनुवाइ स्थगित गरेर सन्दीपलाई खेल्न पठाउने तयारी गरेका हुन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा सन्दीपको अभाव हुने र समग्र राष्ट्रको नै विश्वकप खेल्ने सपनामा नै असर पर्न सक्ने भएकाले सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वेको भ्रमणमा पठाउने तयारी गरिएको बताए। घिमिरेले भने, ‘सन्दीप फर्केपछि सुनुवाइ गर्ने गरी सम्मानित अदालतलाई तारिखको व्यवस्था गर्न अनुरोध गर्दै निवेदन गर्ने तयारी गरेका छौँ।’ उनले त्यतिन्जेलसम्म अदालतले पिडितको माग बमोजिम पीडित राहतकोष बाट क्षतिपूर्तिको विषयमा निर्णय लिने विश्वास पनि व्यक्त गरे।

सन्दीप सँग मागेको क्षतिपूर्तिको विषय जिल्ला अदालतले इन्कार गरेको तर सर्वोच्च अदालतको आदेशअनुसार पीडितहरुले क्षतिपूर्तिको माग गरेकाले अदालतले पीडितसँग आवश्यक कागजात माग गरेको थियो। अब पीडितले क्षतिपूर्तिको प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम सनुवाइ हुने जिल्ला अदालतको आदेशअनुसार पीडितले चाँडो प्रतिवेदन नबुझाउँदा अन्तिम सुनुवाइको सम्भावना तत्काल नदेखिएको भन्दै सन्दीपलाई राष्ट्रिय टिमको अभ्यासका लागि पठाउन लागिएको हो।

घिमिरेले भने, ‘पीडित पक्षका कानुन व्यवसायीले प्रतिवेदन बुझाउन अस्पताललाई अनुरोध गर्नुपर्नेमा ढिला गरेकाले सुनुवाइ ढिला हुने अवस्था देखिएकाले सन्दीपलाई जिम्बाब्वे पठाउनका लागि हामी लागि रहेका छौँ। मुद्दाको किनारा पनि नलाग्ने र सन्दीपलाई खेल्न पनि नदिने उद्देश्य प्रेरित देखिएकाले हामीले सन्दीपलाई पठाउन लागेका हौँ।’ उनले अदालतको निवेदनपछि सन्दीप कहिले दक्षिण अफ्रिका र जिम्बाब्वे भ्रमणमा निस्कने भन्ने तय हुने बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports