नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्याम्सको उपकुलपतिको लागि ११ जनाको आवेदन, को-को छन त आवेदन दिनेहरू, नाम सहित

611
shares

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिका लागि ११ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतका अनुसार न्याम्सको उपकुलपतिका लागि ११ जनाले आवेदन दिएका छन् । न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेत, वीर अस्पतालका पूर्व निर्देशक डा. बुलन्द थापा, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, कान्ति बाल अस्पतालका अजिल रायमाझी, प्रसुती तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ, डा. अनिल मिश्र, डा. दीपक थापा, डा. रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिएका छन् ।

आवेदनसँगै विस्तृत कार्ययोजना, अनुभव खुल्ने व्यक्तिगत विवरण, काउन्सिलको दर्ता तथा नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,शैक्षिक योग्यता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने छ । प्रधानमन्त्री एवं न्याम्सका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए ।

उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो । उक्त कमिटीले आवेदन मध्येबाट तीन जनाको नाम न्याम्सका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गर्ने छ । न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले तीनजना मध्येबाट एकजनालाई न्याम्सको उपकुलपति बनाउने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports