नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय गुप्तचर संस्था (रअ) को प्रमुखमा रवि सिन्हा नियुक्त

637
shares

काठमाडौं । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (रअ) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो ।

सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब ३० जूनमा ‘रअ’ प्रमुख सामन्त गोयलको स्थान लिनेछन् । उनको कार्यकाल २ वर्ष हुनेछ । रवि सिन्हा पछिल्लो भाजपा नेतृत्वको सरकार (अटलबिहारी वाजपेयी) को समयमै पुलिस सेवाबाट रअमा आएका थिए ।

एसएसपी पदमा रहँदा नै रअमा आवद्ध भएका सिन्हा अहिले डीजीपी लेवलमा थिए र जम्मु कश्मीर तथा उत्तर पूर्वी राज्यहरूमा चलाइएका कतिपय अपरेसनको नेतृत्व गरिरहेका थिए । पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव उनीसँग छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports