नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अधिकांश तरकारीको मूल्य बढ्यो, भारतीय गोलभेडाको मूल्य भने घटयो

598
shares

काठमाडौं । मंगलबार अधिकांश तरकारीहरुको भाउ बढेको छ । आज गोलभेडा, काउली, मुला, आलु, सिमि, चिचिण्डो, फर्सी, च्याउ लगायतको तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार ती तरकारीको भाउ सोमबारको तुलनामा वृद्धि भएको हो ।

आज नेपाली ठुलो गोलभेडाको मूल्य प्रतिकेजी ४० रुपैयाँ पुगेको छ । हिँजो भने यो गोलभेडा प्रतिकेजी ३३ रुपैयाँ ६० पैसा कायम भएको थियो । तर, भारतीय ठुलो गोलभेडाको मूल्य भने प्रतिकेजी ५ रुपैयाँले घटेको छ । योसंगै आज भारतीय गोलभेडाको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम भएको विकास समितिले जनाएको छ । मंगलबारका लागि सानो गोलभेडा (टनेल)को भने प्रतिकेजी ११ रुैयाँ ८० पैसा निर्धारण भएको छ ।

आज रातो आलुको भाउ भने स्थिर (प्रतिकेजी ४४ रुपैयाँ) रहेको छ भने मुडे रातो आलुको मूल्य झिनो घटेर प्रतिकेजी ३८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यता सेतो आलुको मूल्य भने सामान्य बढेर ३४ रुपैयाँ ३३ पैसा पुगेको छ । आजका लागि भारतीय सुकेको प्याजको भाउ प्रतिकेजी ५२ रुपैयाँ कायम भएको छ ।आजका लागि लोकल बन्दाको मूल्य प्रतिकेजी १२ रुपैयाँ ५० पैसा, लोकल काउली प्रतिकेजी ८५ रुपैयाँ, लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, घिउ सिमी (राजमा) ७६ रुपैयाँ ६७ पैसा, तितो करेला ४६ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

यस्तै, चिचिण्डो प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, घिरौला ४५ रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, हरियो फर्सी प्रतिकेजी ३५ रुपैयाँ, स्कुस ४२ रुपैयाँ, पालुगो साग ११५ रुपैयाँ, प्याज हरियो ८६ रुपैयाँ ६७ पैसा, च्याउ(कन्य) १६० रुपैयाँ तोकिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports