नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होल्डिंग सेन्टरमा रहेका सुकुम्बासीलाई सरकारले भन्यो त्तकाल गृह जिल्ला र पालिकामा सम्पर्क गर्नु

169
shares

सरकारले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला जान भनेको छ।

बुधबार भूमि समस्या समाधान समितिले सूचना जारी गरी होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई आफ्नो गृहजिल्लामा सम्पर्क गर्न भनेको छ।सूचनामा भनिएको छ, ‘लाभग्राहीहरूको डिजिटल विवरणअनुसार तयार भएका निवेदन फारम र संलगन कागजातहरू समेतको पीडीएफ फाइल तयार गरी आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला समितिमा लेखी पठाई सकेको हुँदा सम्बन्धित जिल्ला समिति र पालिकामा यथाशिघ्र सम्पर्क गर्न जानुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।’

पहिलो चरणमा सरकारले २९ जना सुकुम्वासीको नाम सार्वजनिक गरेको छ। काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका उनीहरूको नाममा कतै पनि जग्गा नदेखिएको उल्लेख गरेको छ। उनीहरूलाई जग्गा उपलब्ध गराइने समितिले जनाएको छ। त्यसका लागि सम्बन्धित जिल्लामा गएर सम्पर्क गर्न भनेको छ।

सरकारले गत वैशाखमा काठमाडौँका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो। सुकुम्वासीलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। अहिले पनि होल्डिङ सेन्टरमै रहेका उनीहरूलाई अब सम्बन्धित जिल्लामै जान भनेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports