नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेलायती प्रधानमन्त्रीले हटाए बिधुत्तमा लाग्दै आएको कर

143
shares

काठमाडौं । बेलायतमा सत्ता परिवर्तनपछि नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले निवर्तमान प्रधानमन्त्री कियर स्टार्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

५६ वर्षीय बर्नहमले पद सम्हाल्नासाथ अन्तर्राष्ट्रियस्तरमा पनि कूटनीतिक छलफल सुरु गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । ट्रम्पले उक्त कुराकानीपछि व्यापार र सैन्य सहकार्यबारे छलफल भएको बताएका छन् ।यो परिवर्तनप्रति जर्मनीले पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्नहमलाई बधाई दिँदै द्विपक्षीय ‘केन्सिङ्टन सन्धि’लाई अगाडि बढाउने र युक्रेनलाई सहयोग जारी राख्ने विषयमा सहमति जनाएको बताएका छन् ।

जर्मनीका परराष्ट्रमन्त्री योहान वाडेफुलले बेलायत जर्मनी र फ्रान्ससँगको ‘ई–३’ कूटनीतिक ढाँचामा सक्रिय रहने अपेक्षा व्यक्त गरेका छन् । उनले यो मञ्च इरान र युक्रेन संकट समाधानका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।यद्यपि, बेलायतका विपक्षी दलहरूले आम निर्वाचन नगरी प्रधानमन्त्री परिवर्तन गरिएको भन्दै प्रश्न उठाएका छन् । यसको जवाफमा बर्नहमले आफ्नो सरकारको मुख्य लक्ष्य देशमा राजनीतिक र आर्थिक स्थिरता कायम गर्नु रहेको बताएका छन् ।

बिजुलीको बिलमा कर नलाग्ने
बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पद सम्हाल्नासाथ जनतालाई ठूलो राहत दिने घोषणा गर्दै बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गरेका छन् । अक्टोबर १ देखि लागु हुने यस व्यवस्थाअनुसार बिजुलीको बिलमा लाग्ने ५ प्रतिशत भ्याट शून्यमा झारिनेछ ।सरकारको यो निर्णयबाट बेलायती जनताले वार्षिक करिब ४५ पाउन्ड बचत गर्ने अनुमान गरिएको छ । यो योजनामा कुल ८५० मिलियन पाउन्ड खर्च हुने अनुमान छ ।

यो योजनाका लागि स्रोत जुटाउने उद्देश्यले सरकारले अघिल्लो स्टार्मर सरकारको ‘डिजिटल आईडी योजना’ रद्द गरेको छ । पूर्वसरकारको उक्त परियोजनामा हरेक वर्ष करिब ६०० मिलियन पाउन्ड खर्च हुने अनुमान गरिएको थियो ।अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडो याममा जनतालाई राहत दिन मद्दत पुग्ने बताएका छन् । यद्यपि, यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागु हुनेछ, ग्यासमा भने लागु हुने छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports