आज देखी बीर अस्पतालमा बिहान ८ बजे देखी नै ओपिडी सेवा सञ्चालन हुने
वि.सं.२०८० साउन १ सोमवार ०७:५२
shares

काठमाडौं । वीर अस्पतालमा साउन १ गते देखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजे सम्म सञ्चालन हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजे देखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो।
तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्। एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ। एफडीएले नयाम्सको निर्णय प्रति असहमति जनाउँदै सच्याउन समेत आग्रह गरेको छ।




































