एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जेनेभा प्रस्थान, उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
वि.सं.२०८० साउन २२ सोमवार ०८:४२
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधमानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार विहान जेनेभा प्रस्थान गरेका छन्।
आइतबार मात्र सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सर्वोच्चको आदेशको दोस्रो दिनमै नेपाल दुई साताका लागि विदेश हिडेका छन् ।


































