ललिता निवास जग्गा प्रकरणमा छानविन भए पुर्ण रुपमा सघाउने डा. बाबुराम भट्टराईको प्रतिबद्धता
वि.सं.२०८० साउन २२ सोमवार १०:५२
shares

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानविन भए पुर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वोच्च अदालतले आइतबार मन्त्रिपरिषदबाट निर्णय गर्नेहरू माथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै डा. भट्टराइले आदलतको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका हुन् ।
उनले आफ्नो प्रधानमन्त्री कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा आफूले सहर्ष सहयोग गरेको बताउँदै यस पटक पनि सरकारको काम कारर्बाहीलाई सहज बनाउन सहयो गर्ने उनले बताए ।
ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्माता माथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । सर्वोच्चको आदेश सँगै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि पनि अनुसन्धान गर्न बाटो खुलेको छ ।


































