विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विद्युत प्राधिकरणका कर्मचारीहरूको सेवासुविधा वृद्धि

1.3K
shares

काठमाडौँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेका छन् । घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् ।

विद्युत सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा घिसिङले कर्मचारीको सेवा सुविधा बढाएका हुन् । प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको छ ।त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घोषणा समेत घिसिङले गरेका छन् । प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गरेका छन् । त्यस्तै कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा समेत घिसिङले गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports