एमालेको चार जना नेतालाई कामबाट बिदा दिने निर्णय, चाहना राखेअनुसार दुई केन्द्रीय कमिटी सदस्य बाट पदमुक्त
वि.सं.२०८० भदौ २ शनिवार ०८:३३
shares

काठमाडौँ । नेकपा एमालेले चार जना नेतालाई काम बाट बिदा दिने निर्णय गरेको छ । एमालेले अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हालका लागि कामबाट बिदा दिने निर्णय गरेको हो ।
स्वास्थ्य लगायतका कारण देखाउँदै हाललाई पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समय देखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरुको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने उल्लेख छ ।
यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारी बाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्य बाट पदमुक्त गरिएको एमालेले जनाएको छ ।


































