विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएकाले जनताले मन पराएको वर्षमान पुनको दावी

676
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार इतिहासकै सबैभन्दा लोकप्रिय सरकार भएको बताएका छन् । वर्तमान गठबन्धन सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएकाले जनताले मन पराएको उनको दावी छ ।

शनिबार पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा बोल्दै नेता पुनले भने, ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ । इतिहासमा पहिलोपटक सरकार पपुलर भएको छ ।’ मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताउँदै उनले भने, ‘प्रचण्ड माओवादीको मात्र नभई कांग्रेस र एमालेको समेत नेता हो । ३२ सिट सहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं । राष्ट्रिय राजनीतिमा समकालीन नेता प्रचण्ड नै हो ।’

नेता पुनले गत मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाएपनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको दावी गरे । सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्तिसमेत आफूहरु सँग चिढिएको बताउँदै उनले ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले वर्तमान सरकार ढाल्न बहुमत जुटाउने प्रयास गरेको आरोप लगाए ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports