विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसिया कप आज बाट, नेपाल र पाकिस्तान बीचमा खेल हुँदै

598
shares

काठमाडौं । १६औँ एसिया कप क्रिकेट प्रतियोगिता आज बुधबारबाट पाकिस्तानमा सुरु हुँदैछ ।

पाकिस्तानको मुल्तानमा हुने उद्घाटन खेलमा नेपाल र आयोजक पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ । यस वर्ष एसिया कप ५० ओभरको हुनेछ । उपाधि दाबेदार पाकिस्तान नेपाल माथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ भने नेपाल पाकिस्तान विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने छ ।

एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एसिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर शाहीन शाह अफ्रिदी र विकेटकिपर मोहम्मद रिजवान लगायत छन् । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रने छ । नेपाली टिममा ब्याट्सम्यान आसिफ शेख, चर्चित लेग स्पिनर सन्दीप लामिछाने लगायतका खेलाडी छन् ।

प्रतियोगितमा ६ देशले प्रतिस्पर्धा गर्नेछन् । एक दिवसीय वरियतामा १५औँ स्थानमा रहेको नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान रहेको छ भने समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ । नेपालको दोस्रो खेल भारत सँग हुनेछ । नेपाल र भारत बीचको खेल भने भदौ १८ गते श्रीलंकामा हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports