विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशका मुख्यमन्त्री बिरूद्धको बहस सकियो, आजै निर्णय आउने

702
shares

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव‍ थापाले लिएको विश्वासको मत‍विरुद्ध परेको रिटको बहस सकिएको छ। पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको बहस सकिएको हो।

अदालत स्रोतका अनुसार यस रिटमा निवेदनक पक्षले जवाफ दिएपछि बहस सकिएकाले बेलुकाकासम्म आदेश आउनेछ। कार्कीले भदौ ६ गते नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो। रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले थापालाई ‘काम चलाऊ’ मुख्यमन्त्रीका रूपमा मात्रै काम गर्न आदेश दिएको थियो।

सर्वोच्चको उक्त आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘काम चलाउ’ अवस्थामा छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports