विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेससँग सहकार्यमा हाम्रो जोड हुन्छ : हिक्मत कार्की

559
shares

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की दोस्रोपटक मुख्यमन्त्री बन्दैछन् । सर्वोच्च अदालतको परमादेश मार्फत कोशीको पुनः मुख्यमन्त्री बन्न लागेका हुन् । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै पदमुक्त हुने बिहीबार सर्वोच्च अदालतले आदेश दिएसँगै कार्कीलाई प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको नाममा सर्वोच्चले परमादेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यस्तो परमादेश दिएको हो । अब उनै कार्की पुनः कोशी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि नियुक्त हुनेछन् । यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रुपमा पहिलोपटक २०७९ पुस २४ गते नियुक्त भएका मुख्यमन्त्री कार्की १७४ दिनमा सत्ताच्यूत भएका थिए । तर, गत असार १५ गते प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुगेको थियो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेपछि उनी पदमुक्त बनेका थिए । तर, अब पनि कार्कीले बहुमत पुर्याउन सकस हुने देखिन्छ ।

प्रदेशसभा अहिलेसम्म सभामुखविहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेका छन् । एमालेले उनलाई राजीनामा गराएको खण्डमा मात्रै ४६ मत पुर्याउन सक्ने देखिन्छ । उपसभामुखको राजीनामा नआएको खण्डमा भने संसदमा यसअघि पाएको ४६ मत पुर्याउन पनि उनलाई सकस हुनेछ । यस्तै केन्द्रमा सत्ता गठबन्धनसँग नजिक हुँदै गएको राप्रपाले पनि एमाले दलका नेता कार्कीलाई सहयोग गर्छ या गर्दैन भन्ने अन्यौल छ । कोशी प्रदेशमा एमालेको हालको सत्तागठबन्धन दल नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृति समाजवादी र जसपासँग राम्रो सम्बन्ध छैन । यसअघि प्रदेशको नामकरणको विषयमा विवादित बनेका कार्कीका लागि पहिचानको पक्ष लिँदै गएका साना दल फकाउन समेत सकस देखिन्छ ।

सर्वोच्चको आदेशपछि कार्कीले कांग्रेससँग सत्ता सहकार्य हुन सक्ने बताएका छन् । उनले सर्वोच्चको फैसलाको स्वागत गर्दै कांग्रेससँग सहकार्य हुन सक्ने बताएका हुन् । सर्वोच्चको फैसलापछि कार्कीले सरकार सरकार असफल भएको बताउँदे भने, ‘अब १६८ (३) को सरकार बनाउन फैसला भएको छ । यो निर्णयको स्वागत गर्छु ।’ उनले संविधानका धाराहरु मिच्ने अभ्यासहरु सच्याउनुपर्छ भन्ने सन्देश पनि फैसलाले दिएको बताउँदै भने, ‘अहिले राष्ट्रिय राजनीतिको माग नै कांग्रेस र एमालेबीच सहमति बन्नुपर्छ भन्ने छ । कांग्रेससँग सहकार्यमा हाम्रो जोड हुन्छ ।’ तर, त्योसँगै अरु दलहरु समेतलाई सँगै लिएर हिँड्ने आफ्नो दायित्व भएको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports