विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सदनमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा आन्दोलन सुरु, उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

650
shares

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा आन्दोलन सुरु गरेको छ । देशभरिका विद्यालय बन्द गरी समितिले आज (बुधबार) देखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हो।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो। विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेकाे छ ।

काठमाडाैंकाे माइतीघर मण्डलामा विभिन्न नारा लेखिएको व्यानर, प्लेकार्डसहित विरोध प्रदर्शन गरिरहेका शिक्षकहरू अहिले मार्चपास गर्दै बानेश्वर पुगेका छन्। आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन् । अहिले लगभग ४ हजार बढी शिक्षकहरू सहभागी भएको बताइएको छ। जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports