नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भए मात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिन्छ : माधव नेपाल

494
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।

‘अहिले गठबन्धनमा खटपटको कुरा गर्ने बेला होइन, यो सरकारले अहिले गरिरहेका राम्रा कामलाई अझै बढाउन सकोस् भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ’, अध्यक्ष नेपालले भने, ‘भुकम्पबाट पीडित भएका जनताको उद्धार र राहतको काममा सरकार लागिरहेको पनि छ, पार्टीहरुले पनि सहयोग गरेका छन् । हामीले पनि आजै २५ लाख सहयोग गरेका छौ ।’ उनले समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरु एकै ठाउँमा दृढताका साथ उभिएर व्यवस्थालाई अघि बढाउँदै लैजानुपर्ने पनि बताए ।

‘योसँगै जनताको अवस्थामा पनि आमूल परिवर्तन ल्याउने कुरामा मिलेर जानुपर्छ भनेर मैले बैठकमा विचार राखे’, बैठकबाट चाँडै निस्किएका नेपालले भने ।साथै उनले आफू नेतृत्वको टोली आजै साँझ चीन भ्रमणमा जान लागेको र त्यसक्रममा चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports