नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भूकम्प पिडितलाई एमालेले १ करोड बराबरको राहत सामाग्री वितरण गर्ने

741
shares

काठमाडौं । नेकपा (एमाले)ले जाजरकोटको भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ । पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने तयारी गरेको हो । केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तिमा परेकाहरूलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो ।

केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिए । दुगडका अनुसार राहतका लागि पठाइने सामग्री मध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ ।

पहिलो चरणको राहत सामग्री भोलिसम्म पीडितहरूसम्म पुर्‍याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिए ।एमालेले सामाजिक सेवा केन्द्रमार्फत् दुई चरण गरेर एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण तयारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports