नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वदलीय बैठक छलफलमा सहभागी दलहरुको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त

1.29K
shares

काठमाडौँ । शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताका बीचमा समसामयीक पछिल्लाे राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ-आफ्नो तर्फबाट धारणा राखेका थिए ।‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो’, बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘ विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’

त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो । छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकपछि माओवादी नेतृ पम्फा भुसालले परिवर्तनकारी राजनीतिक दलका नेताहरु खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि अागामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएकाे बताइन् । ‘यदाकदा, छिटपुट, पानीको फोका जस्तो विभिन्न कोणबाट देखा परेका प्रहारहरु छन् तिनको मिलेर प्रतिवाद गर्ने सबैको अभिमत रह्यो’, भुसालको भनाइ छ । उनले परिवर्तनको रक्षा र विकास गर्ने कुरामा प्रतिबद्धता जनाएको भन्दै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा सबैको जोड रहेको बताइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports