विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनगढीमा विद्युत सर्ट भएर आगलागी

611
shares

धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलाली सहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट क्षति भएका पसलहरू –

१. दलबहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२. टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम)
३. बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस)
४. जगतबहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम)
५. यसोदा साउदले संचालन गरेको न्यु सदीक्षा इन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)
६. गौरी भण्डारीले संचालन गरेको भण्डारी सु -सेन्टर (जुत्ता चप्पलको गोदाम)
७. सारथी अस्पताल कैलाली
८. जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports