विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई सडक संघर्षमा जुटन राप्रपा नेपालका अध्यक्ष कमल थापाको आव्हान

481
shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई सङ्घर्षमा जुट्न आह्वान गरेका छन् । शनिवार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै पक्षलाई एउटै मोर्चामा आबद्ध भै निर्णायक सङ्घर्षमा जुट्न आह्वान गरेका हुन् । अध्यक्ष थापाले सुरु देखि नै हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल भएको दाबी गरेका छन् ।

उनले भनेका छन्– ‘२०६३ सालको कहाली लाग्दो अवस्थामा हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेन्डा बोकेर हिँड्ने एक मात्र दल राप्रपा नेपाल हो। सङ्ख्याको कमीले संविधानसभाबाट राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न नसकेता पनि जनताको अभिमतबाट हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ। यही अधिकारको कारण राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन्।’ उनले अहिले विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा उभिएका र सङ्घर्ष गर्न तयार भएको देख्दा आफूलाई खुसी र गौरवको अनुभूति भएको समेत थापाले बताएका छन् ।

अध्यक्ष थापाले विगतमा आफूहरूबाट पनि केही कमजोरी र त्रुटि भएको स्विकार्दै राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समूहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने बताएका छन् । ‘विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटि भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक सङ्घर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थ पूर्ति गर्ने माध्यम बनाउन नहुने बताउँदै थापाले यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने साधन बनाउन नहुने बताए ।

‘यो मुद्दालाई कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन। राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको अभियान कुनै दल व विचारको विरुद्ध पनि केन्द्रित हुनु हुँदैन’ थापाले भनेका छन्– ‘प्रजातन्त्र वा दलहरूको विकल्प राजसंस्था होइन। सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ।’ उनले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनुपर्नेमा जोड दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports