नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उतीर्ण

689
shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उतीर्ण भएका छन् । काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताए । उनले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताए । काउन्सिलले बार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ । यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षर्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १५०० दस्तुर बुझाइ आफ्नो नाम, रोल नम्बर लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् । विशेषज्ञ दर्ता प्रमाणपत्र वितरण लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने काउन्सिलले जनाएको छ । प्रमाणपत्र लिनका लागि तोकिएका सबै प्रमाणपत्र सहित सम्बन्धित स्वयं उपस्थित हुनुपर्ने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports