नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष सकियो

611
shares

काठमाडौँ । संसदीय सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति नजुटेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठक सकिनु अघि नै बाहिरिएका छन् । मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले जनाएको छ । बैठकपछि कुरा गर्दै एमाले नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको बताए ।

‘मुख्यमन्त्रीले एनजिओ शैलीमा सरकार चलाए, सरकारले आफ्ना कार्यकर्ता प्रोत्साहन गर्ने काम मात्र गर्‍यो प्रतिपक्षलाई बेवास्ता गर्‍यो’, उनले भने, ‘संविधानले दिएको अधिकारमा रहेर संसद्ले गरेका निर्णय विरुद्धका काम सरकारले गरिरहेको छ ।’ एकीकृत समाजवादी संसदीय दलको नेता कृष्ण खनालले सबैको कमजोरीका कारण बैठक निष्कर्षविहीन बनेको बताए ।‘सरकार र प्रतिपक्ष दुवै समस्या समाधान भन्दा पनि समस्या बढाउनेतिर केन्द्रित भए । पाउने र गुमाउने विषयमा मात्र छलफल भयो’, खनालले भने, ‘बजेट तैँले कति लिने मैले कति लिने भन्नेमा छलफल केन्द्रित भयो, संसदीय समितिका सभापति चयनबारे छलफल प्रवेश नै भएन ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports