विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्दै

624
shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । भोलि मङ्सिर २५ गते सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।

विशेषगरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता लगायत समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक बोलाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports