सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशमा ‘ब्यान्डविथ’को प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल : सञ्चारमन्त्री

507
shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा ‘ब्यान्डविथ’को प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताएकी छन् ।

मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा भनिन्, ‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त ग¥यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ ।’

‘अनलाइनमा महिला सुरक्षा’ विषयक कार्यक्रममा बोल्दै उनले इन्टरनेटको दुरुपयोगबाट महिलाले असुरक्षा र हिंसा भोग्नुपरेको धारणा राखिन् । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन्छन् तर त्यसको नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको उनको भनाइ छ ।

‘इन्टरनेटको प्रयोगबाट धेरै फाइदा लिन सक्छौँ । अझ जति प्रयोग गर्नुपर्ने हो । त्यति प्रयोग गर्न सकेको छैनौँ’ मन्त्री शर्माले भनिन्, ‘तर, यसको दुरुपयोगबाट महिलाहरूले असुरक्षा तथा हिंसा भोग्नुपरेको छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म हामी प्रयोग त गर्छौँ । तर त्यसलाई नियमन गर्ने स्थिति छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports