सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनचाँदीको मूल्य बढ्यो

221
shares

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।गत सोमबार २ लाख ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ४५ रुपैयाँमा पुगेको छ । गत सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports