जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल सहितका ९३ जना विरुद्धको मुद्धामा बहस नोट पेश गर्न आदेश

1.07K
shares

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्धको मुद्दामा विशेष अदालत, काठमाडौँले बहस नोट पेश गर्न आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाको बहस नोट पेश गर्न भनेको हो। यो मुद्दा विशेष अदालतमा अन्तिम सुनुवाइका चरणमा छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दर्ता गरेको थियो। अख्तियारले प्रतिवादीबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना गर्न र सजाय मागदाबी गरेको छ।

२०६६ फागुन ६ गते बसेको नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको अख्तियारको आरोप छ। त्यस्तै, २०६६ माघ १८ गतेको मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न अस्वीकृति दिएको दाबी गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports