जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी बीच ४० मिनेट फोन वार्ता, के भयो कुराकानी ?

1.08K
shares

भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोन वार्ता भएको छ । दुई नेताबीच फोनमा लगभग ४० मिनेट कुरा भएको दैनिक भास्करले जनाएको छ ।

इरान युद्धबारे छलफल गरेका उनीहरूले होर्मुज जलमार्ग खुला रहनु पर्नेमा जोड दिएको समाचारमा उल्लेख छ । ‘मलाई मेरो साथी राष्ट्रपति ट्रम्पको फोन आयो । हामीले दुई देशहरूबीच विभिन्न क्षेत्रमा भएको काम र प्रगतिबारे छलफल गर्यौँ,’ मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले यो पनि भन्यौं कि हामी भारत र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्धलाई भविष्यमा अझ बलियो बनाउनेछौं।अमेरिका-इरान युद्धविरामपछि दुई नेताहरूबीचको यो पहिलो कुराकानी थियो ।

आगामी हप्तामा भारत र अमेरिकाबीच ऊर्जासम्बन्धी प्रमुख सम्झौता हुने अपेक्षा गरिएको छ ।यसअघि, मोदी र ट्रम्पले मार्च २४ मा फोनमा कुराकानी गरेका थिए । त्यो कुराकानीको क्रममा, दुई नेताहरूले मध्य पूर्वको अवस्थाबारे छलफल गरेका थिए ।पाकिस्तानमा संयुक्त राज्य अमेरिका र इरानबीच भएको अनिर्णीत वार्तापछि अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी शुरू गरेको छ। हर्मुजले विश्वको ऊर्जा व्यापारको २० प्रतिशत ओगटेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports