linktrix Long Ad
Salt Trading Long Ad

प्युठानमा चट्याङ लागेर बाबुछोराको निधन

533
shares

प्यूठानमा चट्याङ लागेर बाबु छोराको मृत्यु भएको छ। आइतबार गौमुखी गाउँपालिका वडा नम्बर ६ लिवाङमा चट्याङले लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए।

उनीहरूलाई बेलुकी ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए। बाबु छोराको शव जिल्ला अस्पताल बिजुवारमा राखिएको छ। सोमबार उनीहरूको पोष्टमर्टम गर्ने तयारी छ।दुई दिनमा प्यूठानमा ट्याङबाट चार जना घाइते छन्।

आइतबार परेको चट्याङबाट जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी वडा नम्बर ६ की ५८ वर्षीया बोमी बोहोराको जिल्ला अस्पताल उपचार जारी छ।

प्रहरीका अनुसार शनिबार दिउँसो पनि माण्डवी गाउँपालिका वडा नम्बर २ रातापानीमा २० वर्षीया कल्पना अधिकारी र उनकी १६ वर्षीया बहिनी सपना अधिकारीको चट्याङ लागेर घाइते भएका थिए। उनीहरूको पनि जिल्ला अस्पतालमा उपचार जारी छ।

यसैबीच शनिबार रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो।शनिबार बेलुकी परेको चट्याङले लागेर जिल्लाको परिवर्तन गाउँपालिका वडा नम्बर ४ तातोपानीको तुसारवोटका ७७ बर्षीय लालु वलीको मृत्यु भएको थियो।

चट्याङ लागेर वलीको एउटा गोरू पनि मरेको थियो।रोल्पाको लुंग्री गाउँपालिका वडा नम्बर ४ सालडाँडामा चट्याङ पर्दा चार वटा भैंसी मरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports