सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालले युएईलाई ३७ रनले हरायो

234
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई ३७ रनले पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको सामान्य लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा अलआउट हुँदै १६३ मा समेटियो । यूएईका लागि हरप्रित सिंहले सर्वाधिक ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० र आर्यान्स शर्माले १८ रन बनाए ।बलिङमा नेपालका करण केसीले चार विकेट, सन्दीप लामिछानेले दुई विकेट, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एकएक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७६ रन बनाए ।यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए । अन्य ब्याट्म्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र अजय कुमारले तीनतीन विकेट लिए । खुजैमा तनवीरले दुई, हैदर अली र मुहम्मद शहदादले एकएक विकेट लिए ।नेपालले अब अर्को खेलमा बुधबार ओमानसँग खेल्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports