आज पनि घट्यो काठमाडौंको न्यूनतम तापक्रम
वि.सं.२०८१ माघ १९ शनिवार ०९:२२
shares

शुक्रबार तुलनामा आज पनि काठमाडौंको न्यूनतम तापक्रम घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।शुक्रबार बिहान ९ बजेसम्मको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। शनिबार न्यूनतम तापक्रम हल्का घटेको हो।काठमाडौंमा शनिबार बिहान हल्का हुस्सु पनि लागेको छ। दिनभरि मौसम सफा रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।
अधिकतम तापक्रम काठमाडौंको हकमा उल्लेख्य परिवर्तन हुने नदेखिएको पनि मौसमविद अधिकारीले जानकारी दिए।शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २१.४ डिग्री सेल्सियस मापन भएको थियो। शनिबार पनि २१ देखि २३ डिग्री सेल्सियसकाबीच अधिकतम तापक्रम रहने पूर्वानुमान छ।
एक साताअघि शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो।त्यसपछि आइतबार ८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५, बिहीबार ८, शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो।

































