आजदेखि क्यानडा, मेक्सिको र चीनलाई कर लगाउने ट्रम्पको निर्णय
वि.सं.२०८१ माघ १९ शनिवार ०९:२४
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि मेक्सिको, क्यानडा र चीनलाई कर लगाउने निर्णय गरेका छन्।
ह्वाइट हाउसका अनुसार मेक्सिकोलाई २५ प्रतिशत, क्यानडालाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार लगाइनेछ।राष्ट्रपति ट्रम्पले केही समयदेखि कर लगाउने विषयमा निरन्तर आफ्नो विचार राखिरहेका थिए।मेक्सिको, क्यानडा र चीनमा कर लगाएपछि ट्रम्पले भविष्यमा युरोपेली संघमा पनि कर लगाउने योजना रहेको बताएका छन्।
यो समूहले अमेरिकालाई राम्रो व्यवहार नगरेको उनको भनाइ छ।ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले क्यानडा र मेक्सिकोमा कर बढाउनुको कारण व्याख्या गरेकी छन्।उनले भनिन्, ‘क्यानडा र मेक्सिकोले हाम्रो देशमा अवैध फेन्टानिल वितरण गरे, जसले १० लाख भन्दा बढी अमेरिकीको ज्यान लिएको छ।’ बीबीसी


































