सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

481
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । शुक्रबारदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा सुरु भएको बैठकमा आज पनि नेताहरूले आ आफ्नो धारणा राख्नेछन् ।

हिजोको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेको एकीकृत समाजवादीले जनाएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ ।

उक्त एजेण्डाहरूमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले शुक्रबार आ–आफ्ना विचार राखेको उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports