सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पिएम कप क्रिकेटमा आज दुई खेल हुने

585
shares

काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।

आज एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । दुवै खेलहरू ९ बजे सुरु हुनेछन् ।बागमती प्रदेशले हालसम्म २ खेल खेल्दा दुवैमा फराकिलो अन्तरको हार व्यहोरेको छ भने सुदूरपश्चिमले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपाल पुलिस क्लब र एपीएफ भने २ खेलमा २ जितका साथ आमनेसामने हुँदै छन् ।

अहिलेसम्म ३ खेलमा ३ खेल जितेको त्रिभुवन आर्मी क्लब ६ अंकका साथ अंकतालिकामा शीर्षस्थानमा छ । एपीएफ, पुलिस र लुम्बिनी प्रदेश समान ४ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् भने मधेश, कर्णाली, सुदूरपश्चिम र गण्डकी क्रमश: पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् ।अंकविहीन बागमती र कोशी नवौं र १०औं स्थानमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports