विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा बैठक आज बस्ने

611
shares

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएको छ ।

राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

आजैको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports