राजसंस्थाको वकालत गर्ने जेनजी एलायन्सको समाजका विभिन्न पक्षले आफूहरूलाई निषेधको व्यवहार गरेको आरोप
वि.सं.२०८२ असोज २५ शनिवार १८:४४
shares

काठमाडौं । राजसंस्थाको वकालत गर्ने जेनजी एलायन्सले समाजका विभिन्न पक्षले आफूहरूलाई निषेधको व्यवहार गरेको आरोप लगाएको छ ।
पत्रकार, राजनीति शास्त्री, विश्लेषक, विचारकहरूको व्यवहारबाट आजित भएको जनाएको छ ।राजावादी जेनजी एलायन्सले राष्ट्रपति र प्रधानमन्त्रीले जेन जी समूहका व्यक्तिहरूसँग वार्ता आफूहरूलाई छुटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
चेतावनीको शैलीमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भनिएको छ, ‘तपाईंहरू जेनजीसँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ता र विदेशी एजेन्टहरूसँग छलफल गरिरहनु भएको छ । यसको परिणाम राम्रो हुने छैन ।’जेनजी भनी मिडियामा आएका व्यक्तिहरू भ्रष्ट व्यवस्थाका समर्थक भएको आरोप लगाइएको छ । वास्तविक जेनजी राजसंस्था पक्षधर मात्रै भएको उक्त एलायन्सको दाबी छ ।






































