प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिए

1.17K
shares

काठमाडौं । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।

सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक अध्यक्ष सहित सबै सञ्चालकले राजीनामा दिएका हुन् । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल थिए । त्यसैगरी सञ्चालकमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना र हरिकुमार सिलवाल थिए ।त्यसैगरी कृषि विकास बैंक अध्यक्षमा डिमप्रसाद पौडेल थिए भने नेपाल बैंकमा प्रा. डा. डिल्लीराज शर्मा थिए ।

सरकारले सार्वजनिक पदमा राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्न ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूको हकमा बाध्यकारी गरेको थिएन । तर, पनि ती बैंकका अध्यक्ष तथा सञ्चालकले सरकारको नीति समर्थन गर्दै राजीनामा दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports