नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको नयाँ सूची सार्वजनिक, विपिनको नाम पनि समावेश

728
shares

काठमाडौँ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ ।

यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि विपिन सहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, ए सहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा विपिन पनि रहेको उल्लेख गरेका हुन् । शुक्रबार भएको युद्धविराम सँगै सोमबार देखि मंगलबार सम्म बन्धक रिहा हुने अपेक्षा छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धक मध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ।

विपिनसँगै जीवित ठानिएकामा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकर रहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports