नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हमासले इजरायललाई बुझायो दाबी गरिएका विपिन जोशीको शव, पहिचान प्रक्रिया सुरु

871
shares

काठमाडौँ । हमासको कब्जामै मृत्यु भएकाे दाबी गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई सुम्पेको छ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो। विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ। इजरायलको राजधानी तेलअभिभ स्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्‍याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पनि पुष्टि गरेका छन् ।

फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्‍याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्। फरेन्सिक परीक्षणपछि शव परिवारको जिम्मा लगाइनेछ । त्यसपछि विपिनको शव नेपाल ल्याउने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports