निर्वाचन आयोगमा दर्ता भएका १२४ दलको सूची सार्वजनिक, वामदेव र विप्लव समूहका नेता बुढाथोकीको दल कायमै
वि.सं.२०८२ कात्तिक ७ शुक्रवार १८:५४
shares

काठमाडौं । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता मिति, प्रमुख पदाधिकारी र तिनका निर्वाचन चिन्हसमेत समावेश गरिएको छ ।
तेस्रोमा गान्धीवादी पार्टी नेपाल (अध्यक्ष लालबहादुर राना, चिन्ह भेडा) र चौथोमा नागरिक शक्ति, नेपाल (अध्यक्ष देवप्रकाश त्रिपाठी, चिन्ह त्रिशुल) रहेका छन् । पाँचौँ नम्बरमा युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी दर्ता भएको छ, जसको अध्यक्ष मुस्कान पौडेल र चिन्ह पुरुष हो ।
नेतृत्व परिवर्तन र फुटपछिका दल पनि दर्ता कायम छन् । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी विप्लव समूहसँग आवद्ध भए पनि पार्टी आयोगमा कायम छ । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एस)मा समाहित भइसके पनि उनको पार्टी दर्ता सूचीमै रहेको छ ।
त्यसबाहेक आम जनता पार्टी (अध्यक्ष प्रभु शाह, चिन्ह मोबाइल), जनता प्रगतिशील पार्टी नेपाल (अध्यक्ष हृदयेश त्रिपाठी, चिन्ह कोदालो बोकेको किसान), नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रन्जिता श्रेष्ठ, चिन्ह ढकिया), नेपाल समाजवादी पार्टी (अध्यक्ष डा.बाबुराम भट्टराई, चिन्ह खुलेको आँखा) र राष्ट्रिय स्वतन्त्र पार्टी (अध्यक्ष रवि लामिछाने, चिन्ह घण्टी) पनि अद्यावधिक सूचीमा छन् ।
नयाँ दल मध्ये जनता समाजवादी पार्टी (अध्यक्ष अशोककुमार राई) र राष्ट्रिय मुक्ति पार्टी नेपाल (अध्यक्ष राजेन्द्र महतो, चिन्ह ग्यास सिलिन्डर) पनि हालै दर्ता भएका हुन् । अन्तिम अर्थात् १२४औँ नम्बरमा जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी २०८२ असोज २८ मा दर्ता भएको छ, जसको अध्यक्ष दीपककुमार साह छन् ।
यी सबै दल निर्वाचन आयोगमा दर्ता भइसकेकाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने योग्यता राख्छन् । तर आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता र नवीकरण प्रक्रियामा सहभागी हुनुपर्ने कानूनी प्रावधान भने यथावत् रहन्छ ।




































