नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यादेशले शासन चलाउने भए संसदको आवश्यकता किन ?

169
shares

 

काठमाडौ । ‘जान्नेलाई छान्ने’ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रधानमन्त्री बन्न सफल भएका बालेन साहलाई लोकतान्त्रिक शासनमा ज्ञानको अर्थ के हो ? के इगो हो आवेग र हचुवाका भरमा निर्णय लिने क्षमता नै ज्ञान हो त भन्ने प्रश्न उठ्न थालेको छ । बालेन प्रधानमन्त्री बनेको करिब ४५ दिन पुगेको छ तर उनले आजसम्म जनतालाई सम्बोधन समेत गरेका छैन् भने संसदको पहिलो बैठकमै उनले लोकतान्त्रिक संस्कारको ध्वज्जी उडाएका थिए ।
दलतन्त्रबाट आहात भएका नेपाली जनताको आशाको दियो बनेर बालेन उदाएका थिए । उनीप्रति जनताको अपेक्षा बढी थियो । त्यसैले जनताले संसदको पहिलो बैठकबाटै आम जनता बालेनलाई सुन्न चाहन्थे । प्रधानमन्त्रीको रुपमा संसदको रोष्ट्रममा उभिएर बालेनले मतदातालाई धन्यवाद देलान् आफ्ना योजना र कार्यक्रमको प्राथमिकता प्रष्ट पार्लान भन्ने आम जनताको अपेक्षा थियो । संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदको रोष्टममा उभिएर प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नु नै आफ्नो भावि कार्यक्रम त्यहीबाट घोषणा गर्दै संसदलाई सम्बोधन गर्ने न्यूनतम लोकतान्त्रिक संस्कार हो तर संसदको पहिलो दिनमै त्यो सबै केही पनि भएन प्रधानमन्त्रीको बोली समेत फुटेन ?
पछिल्लो समयमा प्रधानमन्त्री साह एक्लै हिड्न खोजिरहेको जस्तो देखिएको छ । आह्वान गरिसकेको संसदको अधिवेशनलाई एकाएक स्थगित गरेर अध्यादेश जारी गरिँदै आएको छ । अध्यादेशबाटै शासन चलाउने भए संसदको आवश्यकता नै किन ? संसद मार्फत जनताका समस्याहरु समाधान गर्ने पक्षमा प्रधानमन्त्री बालेन देखिएका छैनन् कुनै अध्यारो कोठामा बसेर त्यहीबाट शासन सञ्चालन गर्ने मनसाय बालेनमा देखिएको छ ।
नेपालको इतिहासमै एकै पटक १५०० भन्दा बढी पदाधिकारीहरुलाई पदमुक्त गरिएको छ । त्यो पनि अध्यादेशबाट । सुकुम्बासी समस्याको समाधान गर्न विगतका सरकारहरुले पटक पटक प्रयास गरेका थिए केही सुकुम्बासीहरुले जग्गा समेत पाएका थिए । अहिले बालेन सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
मुलुकभरमै सुकुम्बासी रहेकाले गर्दा अब सरकारले को सुकुम्बासी हुन् को होइनन् मानेर छुट्याउनुपर्नेमा त्यसो नगरी एक्कासी डोजर चलाउनुले आतंक नै मच्चिएको छ । सुकुम्बासीहरुलाई राख्ने ठाउँको व्यवस्था नै गरिएको छैन भन्ने स्कुलमा समेत डोजर चलाइएको छ । मानौँ सुकुम्बासीहरु अपराधी हुन् भन्ने हिसाबले पानी परिरहेको बेलामा समेत उनीहरुलाई उठिबास लगाउनु बालेन सरकारका महानता नै हो ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports