गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३४ बर्ष पछि स्वास्थ क्षेत्रमा ९७७ नयाँ दरबन्दी थपिदै

1.35K
shares

काठमाडौं । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य सेवामा ठुलो संख्यामा जनशक्ति थप गरिँदै छ ।

निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य सेवामा ३ दशकयताकै ठुलो संख्या ९७७ नयाँ स्थायी दरबन्दी थपका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद बैठकले यो निर्णय स्वीकृत गर्ने उनको सचिवालयले जानकारी दिएको छ । देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो ।

तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।मन्त्रालयका अनुसार यसअघि अन्तिमपटक २०४८ सालमा ठुलो स्तरमा दरबन्दी सिर्जना गरिएको थियो, जतिबेला देशको जनसंख्या १ करोड ८० लाख मात्र थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports