नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटकमाथि पहिरो खस्यो, ढुंगा खसिरहेका कारण उद्धारमा कठिनाइ

780
shares

काठमाडौं । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटकमाथि पहिरो खसेको छ ।

गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोमा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा परेकी हुन् ।उनका गाइड रमेश भट्टले दिएको जानकारी अनुसार न्याक फेदीभन्दा केहीमाथि भिरमा शुक्रबार दिउँसो २ बजेतिर रस्कोभामाथि पहिरो खसेको हो ।उनका श्रीमान् र गाइड भट्ट भने सकुशल नै रहेको उनले बताए ।

उनीहरू काठमाडौंको नेपाल निर्भाना ट्रेल्समार्फत् ३० असोजमा मनास्लु पदमार्ग हुँदै लार्के गएका थिए । तर प्रतिकूल मौसमका कारण उनीहरू लार्के पास नपुगे १२ कात्तिकमा सामागाउँबाट फिर्ता भएका थिए ।सामागाउँबाट फर्किरहेको समयमा बाटोमाथिबाट एक्कासि ढुंगा-माटोसहितको लेदो क्याटरिनामाथि खसेको डीएसपी श्रेष्ठले बताए ।घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरी चौकी सिर्दिवासबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको भए पनि ठाउँ ठाउँमा पहिरो खसेका कारण उद्धारमा कठिनाइ भइरहेको डीएसपी श्रेष्ठले बताए ।

उनले भने, ‘घटनास्थलतर्फ प्रहरीको टोली गएको छ । तर घटनास्थलभन्दा २० मिनेटको दूरी यता नै पहिरो र ढुंगा खसिरहेका कारण उद्धार टोली घटना स्थल पुग्न सकेको छैन । जसका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports