नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डिजेल र मट्टितेलको मूल्य घट्यो , हवाई इन्धनको बढ्यो पेट्रोलको यथावत

923
shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

निगम सञ्चालक समितिको बैठकको शुक्रबारको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।शुक्रबार राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ रुपैयाँले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ रुपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports