नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनले आफ्ना कुरा भन्छ तर हाम्रा कुरा सुन्दैन : प्रधानमन्त्री कार्की

1.14K
shares

काठमाडौं । काठमाडौं महानगपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री सुशीला कार्कीको सम्बन्ध प्रगाढ छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कार्कीलाई प्रधानमन्त्री बनाउन बालेनले भूमिका खेलेका थिए ।

सरकार प्रमुख र महानगर प्रमुखबीचको सम्बन्ध जति प्रगाढ छ उनीरूले एकले अर्कोलाई लगाउने साइनो झनै रोचक छ । आफूले बालेनलाई छोरा सम्बोधन गर्ने तर बानेनले भने आफूलाई दिदी भन्ने गरेको सुशीलाले शुक्रबार सम्पादकहरूलाई सुनाइन् ।सम्पादकहरुसँगको कुराकानीको क्रममा बालेनसँग भेट पनि भइरहने र कुराकानी पनि भइरहने बताइन्। ‘हामीबीच ५–६ पल्ट भेट भइसकेको छ। म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो,’ आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु। उसले चाहिँ मलाई दिदी भन्छ।’

उनले बालेनले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा नमागेको पनि बताइन्। कार्कीले बालेनले आफ्ना कुरा भन्ने तर, अरुको कुरा नसुन्ने भन्दै गुनासो पनि गरिन्। उनले बालेनले पार्टी खोल्ने सम्भावना आफूले नदेखेको पनि बताइन्।‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ,’ उनले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन।’

अहिले बालेनले जेनजी आन्दोलन ताका सरकारको प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको प्रति गुनासो गरेको स्वयम् प्रधानमन्त्री कार्कीले नै बताइन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports