नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको सूमहको भेला

949
shares

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको सूमहको भेला सरेको छ ।

पार्टीले केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित गरेका कारण उक्त समूहले भेला पनि दुई दिन पछि सारेको हो ।महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले आइतबारका लागि तय भएको भेला मंगलबारमात्रै बस्ने बताए ।

‘पार्टीको मिटिङ हेर्ने भनेका छौँ । दुई दिन मिटिङ सर्‍यो । त्यही भएर हामीले पनि हाम्रो मिटिङ दुई दिन पछि सारेका हौँ,’ उनले भने, ‘अब मंगलबार साढे १२ हामी छलफल गर्ने भयौं ।’नेता घिमिरेले यसअघि आन्तरिक सल्लाहका लागि भेला बोलाइएको बताएका थिए ।

‘सल्लाह गर्ने बैठक हो त्यो । केन्द्रीय समितिले के गर्छ, त्यो पनि हामी हेरिरहेका छौँ,’ उनले शुक्रबार भनेका थिए, ‘आजसम्म बैठकमा कुनै विषय प्रवेश भएको छैन । त्यही भएर हामी बस्न लागेका हौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports