नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घनश्याम भूसाललाई पार्टी पुनर्गठनको संयोजन गर्ने जिम्मा

884
shares

काठमाडौ । यथास्थितिमा पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् ।

सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । यो भेलाले पार्टी पुनर्गठन र अरु वाम शक्तिहरुसँग एकताका निम्ति संयोजन गर्ने जिम्मा महासचिव भूसाललाई दिएको छ ।

‘सबै कम्युनिष्ट पार्टीहरुको पुनर्गठन गरी शीर्ष नेताहरुलाई फरक भूमिकामा राख्ने र बाँकीले कार्यकारी नेतृत्व लिने कामको पहलकदमी गर्ने जिम्मा महासचिव घनश्याम भूसाललाई दिइएको छ,’ पोलिटब्यूरो सदस्य अशेष घिमिरेले भने । उनका अनुसार आजको भेलामा ८३ जनाले बोलेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports