नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम : पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

949
shares

मौसमविदहरूले बिहीबारपछि मात्रै घमाइलो मौसम हुने जानकारी दिएका छन्। शनिबारसम्म नेपालको मौसम प्रणालीमा बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवात, स्थानीय वायु र अरब सागरमा विकास भएको न्यूनचापीय प्रणालीसमेतको प्रभाव थियो।

त्यसले लगातार वर्षा गराएको थियो। अहिले त्यो बाहिरिइसकेको छ। अहिले नेपालको मौसम प्रणालीमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ।मौसमविद् विनोद पोखरेलका अनुसार लगातारको वर्षा पछि पनि अहिले वायुमण्डलमा आद्रतायुक्त हावा भएकाले देशको मध्यदेखि पूर्वी क्षेत्रसम्मको आकाश बादलले ढाकेको छ।सोमबार बिहान पनि केही स्थान बादलले ढाक्ने सम्भावना देखिएको उनले बताए। आज अपराह्नमा धेरै ठाउँ बादलले ढाक्ने अवस्था रहेको र बुधबारसम्म यो क्रम रहने उनले बताएका छन्।जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेको बताएको छ।केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ। यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहने । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो। हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थियो। उनीहरूलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो।

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो। त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ। तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर वर्षा भएको थियो। वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports